आज जेठ २८ गते बिहिबार,यस्तो छ तपाईको राशिफल

मेष- आज घर जग्गा तथा सम्पत्ति सम्बन्धी व्यवसाय गर्नेहरूका लागि लाभदायक सम्झौता हुन सक्ने संकेत छ । तर साझेदारीमा काम गर्दा पूर्ण रूपमा अरूमा निर्भर हुनु उचित हुनेछैन । जिम्मेवारीपूर्ण व्यवहारले कार्य क्षेत्रमा सम्मान दिलाउनेछ । लामो समयदेखि टाढिएका आफन्त वा पुराना साथीहरूसँग पुनर्मिलन हुने सम्भावना छ । बौद्धिक, शैक्षिक तथा ज्ञानमूलक क्षेत्रमा मिहिनेत बढाएमा राम्रो परिणाम प्राप्त हुनेछ । सहयोगी र मित्रहरूको साथ पाएमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने दिन हो ।

बृष- आज उत्साह र आत्मविश्वास बढाउने समाचार प्राप्त हुने सम्भावना छ । सानो प्रयासले पनि मान सम्मानमा वृद्धि हुनेछ र वरिष्ठहरूको सद्भाव मिल्नेछ । रोकिएका वा कठिन देखिएका काम अघि बढ्न सक्छन् । उच्च अधिकारीहरूको सहयोगले महत्त्वाकाङ्क्षी योजना सुरु गर्ने अवसर प्राप्त हुनेछ । यद्यपि व्यावसायिक र पारिवारिक जिम्मेवारीबीच सन्तुलन मिलाउन कठिनाइ हुन सक्छ । घरायसी कामको चाप पनि बढ्ने देखिन्छ, त्यसैले समय व्यवस्थापन आवश्यक हुनेछ।

मिथुन- आज पेशागत जीवनलाई सुधार गर्न योजना बनाएर काम सुरु गर्नु उपयुक्त हुनेछ । अन्य दिनको तुलनामा धेरै मेहनत गर्नुपर्ने दिन हो । धार्मिक तथा सामाजिक कार्यमा समय खर्चिनुपर्ने हुन सक्छ, जसले केही अलमल पनि ल्याउन सक्छ । यद्यपि आफ्नो लगनशीलताका कारण कामकाजमा ठोस असर पर्ने छैन । घरायसी जिम्मेवारी बढ्ने भए पनि सबै पक्षबाट प्रशंसा प्राप्त हुने सम्भावना छ ।

कर्कट- आज अध्ययन, प्राविधिक काम वा अनुसन्धानमा ध्यान केन्द्रित गर्दा मानसिक थकान महसुस हुन सक्छ । एकाग्रतामा कमी देखिन सक्ने भएकाले ध्यान, योग र विश्राम उपयोगी हुनेछ । सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनु राम्रो हुन्छ । अरूको लापरवाहीका कारण समस्या झेल्नुपर्ने अवस्था आउन सक्छ । सहकर्मीहरूसँग समन्वय गरेर अघि बढ्नु उपयुक्त हुनेछ, दबाब वा हतारमा गरिएको निर्णयले भविष्यमा असर गर्न सक्छ ।

सिंह- आज मनोरञ्जन, घुमघाम, भेटघाट तथा रमाइलोमा समय बित्नेछ । पार्टनर वा जीवन साथीको भावना बुझ्नु अत्यन्त आवश्यक हुनेछ । काममा मन नलागेपनि भविष्यका योजना र सोचमा समय खर्चिन सकिने दिन हो । अचानक धन लाभको सम्भावना पनि देखिन्छ । नयाँ लगानी गर्नुपर्ने भए जीवन साथीको नाममा सुरु गर्नु लाभदायक हुन सक्छ । भौतिक सुविधा वा सुख सुविधाका सामाग्री खरिद गर्ने योग पनि छ ।

कन्या- आज मिहिनेत र लगनशीलताले राम्रो परिणाम दिनेछ । कार्य क्षेत्रमा प्रशंसा र मान सम्मान प्राप्त हुने सम्भावना छ । स्वास्थ्य, ढुवानी, निर्माण सामग्री वा उद्योगसँग सम्बन्धित व्यवसायमा आय वृद्धि हुन सक्छ । तर कामको क्रममा चुनौती र प्रतिस्पर्धा पनि सामना गर्नुपर्नेछ । पारिवारिक वातावरण सामान्यतस् सुखद रहनेछ र दाम्पत्य सम्बन्धमा आपसी तालमेल राम्रो हुनेछ, तर एकअर्काको भावनाको सम्मान गर्नु आवश्यक छ ।

तुला- आज शिक्षा, लेखन, कला तथा बौद्धिक क्षेत्रमा राम्रो सफलता प्राप्त हुनेछ । गोपनीयता कायम राखेर काम गर्न सके कार्य क्षेत्रमा प्रशंसा पाइनेछ । अध्यात्म, ज्ञान र दार्शनिक विषयप्रति आकर्षण बढ्नेछ । परिवार र छोराछोरीलाई समय दिनुपर्ने आवश्यकता देखिन्छ । प्रियजन र आफन्तसँग सम्बन्ध सुदृढ हुने समय हो । संगीत, कला वा सिर्जनात्मक गतिविधिमा समय बिताउँदा मानसिक सन्तुष्टि प्राप्त हुनेछ ।

बृश्चिक- आज व्यावसायिक क्षेत्रमा केही अवरोध आउन सक्छ । तर सागपात, फलफूल, फोटोग्राफी, भिडियो सम्पादन वा रत्न–व्यवसाय जस्ता क्षेत्रमा लाभ हुने सम्भावना छ । दाम्पत्य जीवनमा सानो मतभेद देखिन सक्छ, त्यसैले धैर्य र समझदारी आवश्यक हुनेछ । अध्ययन अध्यापनमा राम्रो परिणाम आउने सम्भावना छ। यद्यपि इन्टरनेट वा मनोरञ्जनमा बढी समय बिताउँदा पढाइ प्रभावित हुन सक्छ।

धनु- आज दाम्पत्य जीवनमा नयाँ ऊर्जा थपिनेछ । पुराना साथीभाइ र सहयोगीसँग आकस्मिक भेटघाट हुन सक्छ । लामो समयदेखि रोकिएको काम पूरा हुने संकेत छ । मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ र आत्मसम्मानमा वृद्धि हुनेछ । स्वादिष्ट भोजन, रमाइलो समय र सामाजिक घुलमिल आजको विशेषता बन्न सक्छ । करियर निर्माण र व्यक्तित्व विकासका लागि राम्रो समय हो ।

मकर- आज कामको राम्रो प्रशंसा प्राप्त हुनेछ । वरिष्ठ तथा सेवाग्राही दुवै पक्ष सन्तुष्ट हुनेछन् । उपहार वा सम्मान प्राप्त गर्ने सम्भावना पनि देखिन्छ । तर खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । पार्टनरसँग घुमघाम वा खानपानको योजना बन्न सक्छ । दिनभर व्यस्त भए पनि साँझतिर रमाइलो समय बित्ने सम्भावना छ।

कुम्भ- आज जोखिमपूर्ण काम भएपनि सफलतापूर्वक सम्पन्न गर्न सकिनेछ । अनुभवी व्यक्तिको साथ र मार्गदर्शन प्राप्त हुनेछ । व्यक्तिगत प्रगतिको समाचारले मन प्रसन्न बनाउनेछ । पार्टनर वा नजिकका व्यक्तिबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुनेछ । रुचिको क्षेत्रमा सफलता मिल्नेछ । साझेदारी व्यवसायबाट राम्रो लाभ प्राप्त हुने सम्भावना देखिन्छ।

मीन- आज सावधानी अपनाउनु अत्यन्त आवश्यक छ । अनावश्यक खर्च बढ्न सक्छ र मनमा भावनात्मक अस्थिरता देखिन सक्छ । पढाइ वा महत्वपूर्ण काममा एकाग्रता कमजोर हुन सक्छ । सानो गल्तीले ठूलो असर पार्न सक्ने भएकाले सतर्क रहनु उपयुक्त हुनेछ । भावनात्मक रूपमा केही दबाब महसुस हुन सक्छ, तर संयम अपनाएमा दिन सामान्य रूपमा पार गर्न सकिनेछ।