गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटियो, होटल कर्मचारी प्रहरी नियन्त्रणमा
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएको छ। माछाको काँडा घाटीमा अड्कीए गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुने गरेको छ। अम्लेटमा काँडा भेटिएको विषय गृहमन्त्रीको सचिवालयले समेत पुष्टि गरेको छ।
प्रहरीका अनुसार घटनाबारे चितवनको लड्स प्लाजा होटलका कर्मचारीसँग सोधपुछ गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले घटनाबारे होटलमा कार्यरत दुई कर्मचारीसँग सोधपुछ गरिएको बताए।
यसैबीच, गृहमन्त्री गुरुङको सचिवालयले भनेको छ,अमलेट खाने क्रममा माछाको काँडा भेटिएको विषयमा आएको समाचारको खण्डन गर्दै उनको सचिलायले चितवनको लड्स प्लाजा होटलमा आज अमलेट खाने क्रममा माछाको हड्डी भेटेको र खाद्य विभागले अखाद्य वस्तुको विषयमा होटल सञ्चालक टिमसँग सामान्य सोधपुछ मात्र गरिएको र कुनैपनि कर्मचारीलाई पक्राउ नगरिएको जानकारी गराउछौ ।
अम्लेटभित्र माछाको काँडा भेटिएपछि यो कसरी भयो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गृहमन्त्री गुरुङले भरतपुर विमानस्थल नजिकै रहेको एक होटलमा खाना खाएका थिए।
घटनापछि खाद्य तयारी प्रक्रियामा लापरबाही भएको हो वा अन्य कुनै कारणले यस्तो भएको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
