लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ
काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलालीका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ परेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले मंगलबार विभिन्न स्थानबाट एक विदेशी नागरिकसहित आठ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ।
प्रहरीको जनसम्पर्क तथा मिडिया समन्वय शाखाका अनुसार धनगढी उपमहानगरपालिका–१६ बाट १ ग्राम ६४० मिलिग्राम खैरो हेरोइनसहित सुरेश बोहरालाई पक्राउ परेका छन्।
यस्तै वडा नम्बर १७ बाट खैरो हेरोइन ३१० मिलिग्रामसहित २५ वर्षीय सुरेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
कैलारी गाउँपालिका–७ हौसलपुरबाट २४ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनसहित भारतको लखिमपुर खिरी बेलापर्शुवाका ४७ वर्षका हरिचन्द्र कठरिया पक्राउ परेका छन्।
त्यसैगरी टिकापुर नगरपालिका–७ डाँडाबनबाट ८ ग्राम ७३० मिलिग्राम खैरो हिरोइन र ५७० मिलिग्राम चरेशसहित टिकापुर नगरपालिका–२ राजीपुरका ३३ वर्षीय सञ्जय नगार्जीसहित चारलाई प्रहरीले पक्राउ गरेको छ ।
लम्कीचुहा नगरपालिका–४ भल्काबाट २ ग्राम ११० मिलिग्राम खैरो हेरोइनसहित स्थानीय ३१ वर्षका गणेश थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ७ असारमा मात्रै धनगढी उपमहानगरपालिकाका छुट्टाछुट्टै स्थानबाट ११ युवालाई लागूऔषध खैरो हिरोइन, चरेश र गाँजासहित पक्राउ गरेको थियो ।
