काठमाडौंबाट २४ जना बंगलादेशी पक्राउ
काठमाडौं । सितापाइला, डल्लु लगायतका क्षेत्रबाट प्रहरीले २४ विदेशी नागरिकलाई पक्राउ गरेको छ।
पासपोर्ट नभएका, पर्यटक भिसाको अवधि सकिएका २४ विदेशी नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए।
पक्राउ पर्नेहरु सबै बंगलादेशी नागरिक छन्। उनीहरू कपडा कारखानामा काम समेत गर्ने गरेको प्रहरीले बताएको छ। पक्राउ परेकाहरूलाई अध्यागमन विभागमा बुझाइएको छ।
