अब मौखिक आदेशका आधारमा बैंक खाता रोक्का हुने ?
काठमाडौं। अबदेखि अनुसन्धान अधिकारीको मौखिक आदेशका आधारमा पनि बैंक खाता रोक्का हुने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको ‘एकीकृत निर्देशन, २०८२’ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
यो व्यवस्था लागू भएसँगै वित्तीय अपराधसँग सम्बन्धित शंकास्पद बैंक खाता अनुसन्धान अधिकारीको मौखिक आदेशका आधारमा अल्पकालीन अवधिका लागि रोक्का गर्न सकिनेछ।
योसँगै इजाजतप्राप्त संस्थाले वित्तीय अपराध न्यूनीकरणका लागि आवश्यक समन्वय गर्न कुनै कसुरको अनुसन्धान गर्ने वा कानून कार्यान्वयन गर्ने अधिकारीको मौखिकरलिखित अवधिका लागि रोक्का राख्न २४सै घण्टा र सातै दिन कार्य गर्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेछ।
त्यस्तै, राष्ट्र बैंकले उक्त कार्यका लागि आफ्नो वेबसाइटमा डेडिकेटेड कन्ट्याक्ट नम्बर राख्नुपर्ने पनि जनाएको छ।
यस्तै, अनुसन्धान गर्ने वा कानून कार्यान्वयन गर्ने निकायले बैंकसँग कुनै खातासम्बन्धी विवरण माग गरेको खण्डमा सोझै र यथाशीघ्र उपलब्ध गराउने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।
