रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्बिरोध चयन

फाइल तस्वीर

काठमाडौं । रास्वपा उपसभापतिमा डा।स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन्। विराजभक्त श्रेष्ठले आफ्नो दाबेदारी फिर्ता लिएपछि वाग्ले निर्विरोध चयन भएका हुन् ।

रास्वपा सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध भइसकेका थिए । रास्वपाले पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली भने अझै सार्वजनिक गरिएको छैन । केही असन्तुष्टिकाबीच बिहीबार केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक गरिएको थियो।