आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
काठमाण्डौं। आईसीसी क्रिकेट विश्वकप लिग–टु त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्यान्ड्समा आउँदो जुलाई २१ देखि ३१ सम्म हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
यो शृङ्खलामा घरेलु टोली नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्।
८ वटा देश सहभागी लिग–टु तालिकामा नेपाल २४ अङ्कसहित पाँचौँ स्थानमा छ । यस्तै नेदरल्यान्ड्स ३२ अङ्कसहित तेस्रो र नामिबिया २२ अङ्कसहित सातौँ स्थानमा छ।
यस्तो छ नेपाली टोली–
रोहित पौडेल दीपेन्द्रसिंह ऐरी,सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की ,अर्जुन साउद र विनोद भण्डारी रहेका छन्। यस्तै ‘रिजर्भ’ खेलाडीमा सन्दीप जोरा,शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन्।
