प्रहरीका ८ जना एआईजीको सरुवा,को-कहाँ पुगे ?
काठमाडौं। मन्त्रिपरिषद् बैठकले आठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ। गृह मन्त्रालयको प्रस्तावमा सरकारले बिहीबार एआईजीहरुको सरुवा गरेको हो।
सरुवा सूचीअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्य विभागका एआईजी उमा चर्तुवेदीलाई पठाइएको छ। सीआईबीका एआईजी डा मनोज केसीको भने अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी सुशील सिंह राठौरलाई पठाइएको छ। रानिपोखरीका एआईजी ईश्वर कार्कीको मानव स्रोत विभागमा सरुवा भएको छ।
मानव स्रोतका एआईजी राजन अधिकारीको नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठन (प्रहरी एकेडेमी)मा सरुवा गरिएको छ। एकेडेमीका एआईजी सिद्धिविक्रम शाहको कार्य विभागमा सरुवा भएको छ।
प्रदेश समन्वय विभागमा कार्यरत डम्बर विकको प्रशासन विभागमा सरुवा भएको छ। प्रशासन विभागका हिमालय कुमार श्रेष्ठको प्रदेश समन्वय विभागमा सरुवा भएको छ।
