एमालेका पूर्वसांसद कोइरी पक्राउ

काठमाडौं। नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । थमन विक हत्या प्रकरणमा दोषी ठहरिएका उनलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो। उच्च अदालत जनकपुरले हिजो कोइरीलाई ५ वर्ष कैद सजाय सुनाएको थियो।

उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै कोइरीसहित अभियुक्तहरू अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्षको कैद सजाय सुनाएको हो ।

मधेश आन्दोलनका बेला २०७२ साल भदौ २५ गते प्रदर्शनकारीले सशस्त्र प्रहरीका असई विकको हत्या गरेका थिए। यो घटनमा मुछिएका कोइरीसहित २८ जनाविरुद्ध २०७५ साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।