आज असार १९ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल

मेष- व्यवसाय र पारिवारिक जीवनबीच सन्तुलन मिलाउन केही कठिनाइ हुन सक्छ । घरायसी जिम्मेवारी बढ्ने संकेत छ । प्रेम सम्बन्धमा रहेका व्यक्तिले साथीसँग खुलेर संवाद गर्नु लाभदायी हुनेछ । कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले राम्रो वातावरण बनाउनेछ । फोन वा इमेलमार्फत सुखद समाचार प्राप्त हुन सक्छ।

वृष- धार्मिक तथा सामाजिक कार्यमा व्यस्तता बढ्न सक्छ। घर परिवारको जिम्मेवारी पनि सँगसँगै निभाउनुपर्ने देखिन्छ । सानो प्रयासबाट ठूलो सफलता हात पार्न सकिने दिन हो । चुनौतीपूर्ण परिस्थितिलाई सहज रूपमा सामना गर्न सकिनेछ । कार्यशैलीमा सुधार ल्याएमा भाग्यको साथ मिल्नेछ र वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ ।

मिथुन- आज अनावश्यक जोखिम नलिनु नै बुद्धिमानी हुनेछ । कानुन विपरीत वा विवादित कामबाट टाढा रहनुहोस् । विचारमा मतभेद हुन सक्ने भएकाले आफ्नो धारणा स्पष्ट राख्नु उपयुक्त हुनेछ । मनमा कुरा दबाएर नराख्नुहोस्, आवश्यक परे परिवारसँग सल्लाह गर्नु राम्रो हुनेछ । धार्मिक गतिविधिमा सहभागी हुँदा मानसिक शान्ति मिल्नेछ।

कर्कट- कामको चाप बढेपनि मेहनतअनुसार राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवार, जीवनसाथी वा सन्तानका लागि केही समय छुट्याउनु उपयुक्त हुनेछ । सिर्जनात्मक क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । कामकाजी व्यक्तिका लागि पद प्रतिष्ठा बढ्ने सम्भावना छ । आफ्नो प्रतिभा प्रस्तुत गर्न सफल भइनेछ ।

सिंह- अनावश्यक काममा समय खर्च नगर्नुहोस् । महत्त्वपूर्ण कार्यमा साथीभाइको साथ मिल्नेछ । आफ्नो मेहनतको श्रेय अरूले लिन खोज्न सक्छन्, तर शुभ चिन्तकको सहयोगले सफलता हात पार्नुहुनेछ । दाम्पत्य जीवनमा सामान्य शंका वा मतभेद देखिन सक्ने भएकाले संयम अपनाउनु आवश्यक छ ।

कन्या- काम समयमै सम्पन्न हुने भएकाले आत्मविश्वास बढ्नेछ । नयाँ सीप सिक्ने अवसर प्राप्त हुनेछ । परिवार र प्रियजनसँग समय बिताउन सकिनेछ । प्रेम सम्बन्धमा मिठास बढ्नेछ । रोकिएका काम पूरा हुनेछन् । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले लापरबाही नगर्नुहोस् ।

तुला- दाम्पत्य जीवनमा सामान्य मतभेद देखिएपनि धैर्य अपनाए सम्बन्ध थप मजबुत बन्नेछ । गुरुजनको सल्लाहले सही निर्णय लिन सहयोग पुग्नेछ । आमाको आशीर्वादले महत्त्वपूर्ण काममा सफलता दिलाउनेछ । आर्थिक योजना बनाउँदा सुरक्षित लगानीलाई प्राथमिकता दिनु उपयुक्त हुनेछ ।

वृश्चिक- साथी भाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ । घर जग्गा खरिद बिक्री वा स्थायी सम्पत्तिमा लगानीका लागि अनुकूल समय छ । धार्मिक तथा शुभकार्यसम्बन्धी समाचार प्राप्त हुन सक्छ । व्यापारमा राम्रो आम्दानी हुनेछ । विशेष गरी रसायन, पेट्रोलियम तथा रङसम्बन्धी व्यवसायीलाई बढी लाभ मिल्ने सम्भावना छ।

धनु- सामाजिक तथा धार्मिक कार्यक्रममा सक्रिय सहभागिता रहनेछ । प्रतिष्ठा र सम्मान बढ्ने दिन हो । महत्त्वपूर्ण निर्णय सफल हुनेछन् । आकस्मिक यात्राको सम्भावना छ, जसबाट पनि लाभ प्राप्त हुनेछ । मन उत्साहित रहनेछ, तर व्यवहारमा संयम अपनाउनु आवश्यक हुनेछ ।

मकर- अध्ययन, अनुसन्धान तथा नयाँ कुरा सिक्नका लागि दिन अनुकूल छ । करियरमा प्रगति गर्ने अवसर प्राप्त हुनेछ। महत्वाकांक्षी योजनामा अघि बढ्न सकिनेछ। मेहनतले राम्रो परिणाम दिनेछ । जिद्दीपन र घमण्डबाट टाढा रहेर काम गरे सफलता सुनिश्चित हुनेछ।

कुम्भ- शारीरिक थकान र अल्छीपनका कारण काममा ढिलाइ हुन सक्छ । पर्याप्त विश्राम लिनु आवश्यक छ। खर्च व्यवस्थापनमा ध्यान दिनुहोस्। नयाँ लगानी गर्नुअघि सबै पक्षको मूल्याङ्कन गर्नु उचित हुनेछ । निर्णयमा अन्योल देखिए अनुभवी व्यक्तिको सुझाव लिनु राम्रो हुनेछ।

मीन- गोप्य शत्रु वा विश्वासघाती व्यक्तिबाट सावधान रहनुहोस् । नयाँ रोजगारी खोज्नेहरूका लागि शुभ संकेत देखिएको छ । सोच विचार गरेर लिएको जोखिमले राम्रो प्रतिफल दिनेछ । विगतमा छुटेका अवसर पुनस् प्राप्त हुन सक्छन् । जिम्मेवारीपूर्ण व्यवहारका कारण सम्मान बढ्नेछ।