नयाँ प्रणाली लागू गर्ने राहदानी विभागको तयारी, केही दिन सेवा बन्द हुने

काठमाडौं । राहदानी विभागको नयाँ प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । विभागले सूचना जारी गर्दै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाने तयारीका लागि केही दिन राहदानी सेवा बन्द हुने जनाएको छ।

विभागले दिएको जानकारी अनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा यही असार २४ देखि २६ गतेसम्म तीन दिनका लागि बन्द हुनेछ।

त्यस्तै, राहदानी विभाग स्वयंले प्रदान गर्ने सेवा असार २५ र २६ गते दुई दिनका लागि बन्द हुने छ। नयाँ प्रणाली असार २२ गतेदेखि नियमित रूपमा सञ्चालनमा ल्याउने तयारी विभागको छ।