हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारको तीव्र तयारी,सेनाले गर्दैछ परीक्षण उत्पादन
काठमाडौं। हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। सरकारले लामो समयदेखि बन्द रहेको कपडा उद्योग सञ्चालन गर्ने तयारी गरेको हो।
उद्योगको पुनः सञ्चालनका लागि हाल प्रारम्भिक चरणमा नेपाली सेनामार्फत परीक्षण उत्पादन गरिएको सरकारको भनाई छ।
यसो त सरकारले २०८३ असार १८ गते बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उद्योग पुनः सञ्चालनका लागि सरकारले बजेटसमेत निकासा गरिसकेको छ।
प्रारम्भिक चरणमा गरिएको परीक्षण उत्पादनपछि पूर्ण क्षमताका साथमा उद्योग सञ्चालन गरिने सरकारको भनाई छ।
