सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १४ सय रुपैयाँले घटेर दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला ४५५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४६ हजार ९ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९०५ रुपैयाँ कायम भएको छ ।