मौद्रिक नीतिः बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने भएको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गर्ने बताएका हुन्।

उनले बैंक तथा वित्तीय संस्थाको व्यवसायको आकार र प्रकृतिको विशिष्टीकृत सेवासहितको बैंकिङको अवधारणामा अघि बढ्ने पनि बताएका छन् ।

अर्कोतफ बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय सञ्चालन तथा बन्द गर्ने विषयमा लचकता लिने पनि बताएका छन् ।