आज असार २४ गते बुधबार,यस्तो छ तपाईको राशिफल

मेष- नयाँ स्थानको भ्रमण गर्ने वा नयाँ कामको थालनी गर्ने अनुकूल समय छ। घरमै बसे पनि भविष्यका लागि आवश्यक वस्तुको व्यवस्थापन गर्ने अवसर मिल्नेछ। अरूले के गरिरहेका छन् वा के सोचिरहेका छन् भन्ने चिन्ता गर्नुको सट्टा आफ्ना कमजोरी पहिचान गरी सुधारतर्फ अग्रसर हुनु उपयुक्त हुनेछ। मनमा उत्साह र शरीरमा स्फूर्ति रहनेछ। तपाईंको व्यक्तित्व र कार्यशैलीको सबैले प्रशंसा गर्नेछन्। आलोचना गर्नेहरू पनि पछि हट्ने अवस्था देखिन्छ।

वृष- अनिवार्य जिम्मेवारीमा ध्यान केन्द्रित गर्नुपर्ने दिन छ। समयमा काम सम्पन्न गर्न नसक्दा महत्त्वपूर्ण अवसर गुम्न सक्छ। आर्थिक पक्ष केही कमजोर देखिएकाले तनाव बढ्न सक्छ। सम्बन्धमा पारदर्शिता र विश्वास कायम राख्नु आवश्यक छ। साना कुरा लुकाउने वा छल गर्ने बानीले विश्वासमा आँच पुर्‍याउन सक्छ। आत्मविश्वास केही कमजोर हुन सक्ने भएकाले संयमता र धैर्य आवश्यक हुनेछ। जुवा वा सट्टाबाजीमा लगानी गर्नु उचित देखिँदैन।

मिथुन-आम्दानीका स्रोत विस्तार हुने सम्भावना छ। नयाँ व्यवसाय वा लगानीका अवसरबाट लाभ मिल्न सक्छ। जिम्मेवारीप्रतिको समर्पण र कर्तव्यनिष्ठाले सबैको प्रशंसा प्राप्त हुनेछ। विदेशमा रहेका आफन्त वा लामो समयदेखि भेट नभएका साथीभाइसँग पुनर्मिलन हुन सक्छ। दाजुभाइ तथा परिवारका सदस्यबीच उन्नति र प्रगतिका विषयमा सकारात्मक छलफल हुनेछ। तपाईंको परिश्रमको मूल्यांकन हुनुका साथै उपयोगी सुझाव पनि प्राप्त हुनेछ।

कर्कट- व्यक्तिगत प्रतिष्ठा र प्रभाव बढ्ने समय छ। राजनीति वा समाजसेवामा सक्रिय हुनुहुन्छ भने सम्मान र पदप्रतिष्ठा प्राप्त हुने सम्भावना बलियो छ। धन, मान र प्रतिष्ठामा वृद्धि हुनेछ। चाहेको जिम्मेवारी प्राप्त हुनुका साथै प्रशंसा वा पुरस्कारको योग पनि देखिन्छ। मनोरञ्जनभन्दा कार्यक्षेत्रमा बढी व्यस्त रहनुपर्ने भएकाले आफ्ना प्रियजनलाई समय अभावबारे पहिले नै जानकारी गराउनु उचित हुनेछ।

सिंह- कार्यशैलीमा सुधार आउनेछ। सामाजिक संस्थामा आबद्ध हुनुहुन्छ भने उल्लेखनीय सफलता प्राप्त गर्न सक्नुहुन्छ। वरिष्ठ व्यक्तिबाट प्रशंसा सुन्न पाइनेछ। असम्भव अपेक्षाको पछि लाग्दा नोक्सानी हुन सक्ने भएकाले यथार्थमा आधारित योजना बनाउनु राम्रो हुनेछ। कालीगढी, मर्मतसम्भार, काठ, प्लास्टिक तथा रबरसम्बन्धी व्यवसायमा लाभ मिल्ने सम्भावना छ। धार्मिक वा सामाजिक कार्यमा व्यस्त रहँदा घरायसी जिम्मेवारी बढेपनि सबैको प्रशंसा पाउँदा सन्तुष्टि मिल्नेछ।

कन्या- सहयोगीको अनुपस्थितिले दैनिक काममा केही मन्दी आउन सक्छ। पुरानो बाँकी रकम उठाउने प्रयास सफल हुन सक्ने योग छ। स्वास्थ्यमा सामान्य समस्या देखिए पनि काममा सक्रिय रहनुपर्ने अवस्था आउन सक्छ। पर्याप्त आराम, पौष्टिक आहार र स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ। परीक्षा वा प्रतिस्पर्धाको तयारी गर्दै हुनुहुन्छ भने गोपनीयता कायम राख्दै एकान्तमा अध्ययन गर्नु लाभदायक हुनेछ।

तुला- नयाँ कामतर्फ अग्रसर हुने समय छ। आत्मविश्वास र पुरुषार्थ बढ्ने भएकाले प्रतिस्पर्धीको मनोबल कमजोर बन्न सक्छ। परिवार र आफन्तका लागि पनि केही समय छुट्याउनु उपयुक्त हुनेछ। घुमघाम वा एकान्तमा रमाउने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउन सक्छ। आकस्मिक खर्च बढ्ने सम्भावना रहेकाले अनावश्यक जोखिम मोल्ने कामबाट टाढा रहनु बुद्धिमानी हुनेछ।

वृश्चिक- पारिवारिक वातावरण सुखद रहनेछ। दाम्पत्य जीवनमा राम्रो समझदारी कायम हुनेछ। एकअर्काको भावनाको सम्मान गर्नु आवश्यक छ। अध्ययनमा परिश्रमअनुसार राम्रो प्रतिफल प्राप्त हुनेछ। सिर्जनात्मक तथा साहसिक कार्यमा रुचि बढ्नेछ। लोकप्रियता वृद्धि हुनुका साथै साझेदारी व्यवसायबाट लाभ मिल्ने सम्भावना छ। भविष्यप्रतिको चिन्ताले केही तनाव दिए पनि चुनौतीलाई अवसरमा बदल्न सकिनेछ।

धनु- आज केही बढी मेहनत गर्नुपर्ने देखिन्छ। यही प्रयासले भविष्यमा छात्रवृत्ति, सहुलियत वा विशेष अवसर दिलाउन सक्छ। सिर्जनात्मक कार्यप्रति रुचि बढ्नेछ। रोकिएका काम सम्पन्न हुनेछन्। ज्ञानमूलक गतिविधि, परीक्षा वा प्रतिस्पर्धामा सफलता प्राप्त हुने योग छ। लेखन, कला वा सङ्गीतमा रुचि राख्नेहरूले सहकर्मीमाझ प्रतिष्ठा कमाउन सक्नेछन्।

मकर- भेटघाट र महत्त्वपूर्ण कुराकानी गर्दा गोपनीयता अपनाउनु आवश्यक छ। अनावश्यक चियोचर्चाले मानसिक तनाव बढाउन सक्छ। साथीभाइको व्यवहारले केही चिन्ता थपिन सक्छ। पारिवारिक जिम्मेवारीप्रति सचेत बन्नुपर्ने समय हो। प्राथमिकताका आधारमा काम नगर्दा पछि पर्न सकिने भएकाले महत्त्वपूर्ण निर्णयअघि अनुभवी व्यक्तिको सुझाव लिनु उपयुक्त हुनेछ।

कुम्भ- कामको चाप बढ्ने समय छ। परिस्थिति अनुसार लचकता अपनाएर काम गर्नु आवश्यक हुनेछ। नयाँ स्थानको भ्रमण, नयाँ साथीभाइसँग परिचय तथा रमाइलो वातावरणको अनुभव हुने सम्भावना छ। धर्म, अध्यात्म र परोपकारप्रति रुचि बढ्नेछ। व्यापारमा केही मन्दी देखिए पनि निरन्तर मेहनत गरे नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीमा सुधार आउनेछ।

मीन- अभिव्यक्ति क्षमता अझ प्रभावशाली बन्नेछ। अध्ययनप्रतिको लगावले व्यक्तित्व विकासमा सकारात्मक योगदान पुर्‍याउनेछ। आजको मेहनतले प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। अचानक साथीभाइसँग भेटघाट हुने वा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। अन्तर्वार्ता, प्रस्तुति वा बैठकमा प्रभावशाली संवादका माध्यमबाट राम्रो छाप छोड्न सक्नुहुनेछ। आफ्नो आन्तरिक क्षमता र व्यवहारिक कौशल प्रयोग गरी अतिरिक्त आम्दानीका अवसर पनि सिर्जना गर्न सकिनेछ।