दृष्टिविहिन नागरिकका लागि रोजगारीको व्यवस्था गर्न हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारको ध्यान त्यस दिशातर्फ केन्द्रित गराएका हुन् ।

सडकपेटीमा बसेर गुजारा गर्दै आएका दृष्टिविहिन नागरिकहरुलाई सरकारले धरपक्कड गरेर हटाउन थालेपछि दृष्टिविहिन नागरिकहरुले रोजगारीको माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा धर्नासहितको विरोध प्रर्दशन गरेको दुई हप्ता बढी वितिसक्दा पनि सरकारले त्यतातर्फ ध्यान दिएको छैन ।

अध्यक्ष राईले उनीहरुले गर्नसक्ने काम दिएर उनीहरुको रोजगारी पाउने संवैधानिक हकको सम्बोधन गर्न सरकारलाई सचेत गराए ।