सम्पत्ति शुद्धीकरणमा विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।

बुधबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई यसअघि असार ९ गते सात दिन, असार १५ गते तीन दिन र असार १८ गते थप छ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

यसैबीच, पौडेलकी पत्नीले रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट भने अदालतले खारेज गरेको छ।