सम्पत्ति छानबिन आयोगमा उजुरीको ओइरो

 काठमाडौं। सरकारले गठन गरेको राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको गैरकानूनी सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी परेको छ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी परेको जानकारी गराएका हुन् ।

उनले भने, ‘राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको गैरकानूनी सम्पत्ति छानबिन गरी कारवाहीका लागि सिफारिस गर्न जाँचबुझ आयोग ऐन २०२६ बमोजिम सम्पत्ति छानबिन आयोग गठन गरिएको छ । हालसम्म ११ हजारभन्दा बढी सम्पत्ति विवरण तथा उजुरी सङ्कलन गरिएको छ ।

आएको उजुरीको अभिलेखीकरण र प्रारम्भिक विश्लेषण जारी भइसकेको र काम अगाडि बढिरहेको उनले जानकारी गराए।