बुद्धनगरमा ४५ वर्षीय व्यक्तिले गरे आत्मदाहको प्रयास

सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौँको बुद्धनगरमा एक जना पुरुषले आज बिहान आत्मदाहको प्रयास गरेका छन्। काठमाडौँ महानगरपालिका–१० स्थित डेरामा ती पुरुषले आत्मदाहको प्रयास गरेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईकाअनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति ४५ वर्षीय अश्विन राउत रहेको छ।उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। प्रहरीका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो। विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए।

उनको शरीर ५५ प्रतिशत जलेको अस्पतालले जानकारी गराएको एसपी भट्टराईले बताए। हाल उनको उपचार जारी रहेको छ।