आज असार ३१ गते बुधबार,यस्तो छ तपाईको राशिफल
मेष- भावनात्मक दिन भएकाले एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । मातृ सुखमा केही प्रभाव पर्न सक्ने भएकाले आमाको स्वास्थ्यबारे चासो राख्नु उपयुक्त हुनेछ । सहकर्मीसँग सामान्य असमझदारीले तनाव बढ्न सक्छ । मेहनतअनुसार आम्दानी हुने दिन छ ।
वृष- पारिवारिक सद्भाव र आत्मीयता बढ्नेछ । दार्शनिक विषय र समसामयिक घटनाप्रति रुचि बढ्नेछ । धन, प्रतिष्ठा र सामाजिक सम्मान प्राप्त हुने सम्भावना छ। साझेदारीमा काम गर्दै हुनुहुन्छ भने आफ्ना विचार र योजनाबारे खुला रूपमा छलफल गर्नु राम्रो हुनेछ ।
मिथुन- बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्न सक्छ। वरिष्ठ व्यक्तिको सहयोग र विश्वास जित्न सकिने समय छ । मनले चाहेको व्यक्तिबाट खुसीको समाचार वा उपहार प्राप्त हुन सक्छ । धन र सम्मान प्राप्त भएपनि घर परिवारका केही विषयले मानसिक चिन्ता बढाउन सक्छ ।
कर्कट- आफ्नो मेहनत र सहयोगीको साथले आम्दानीका नयाँ अवसर प्राप्त हुनेछन् । नयाँ लगानीका लागि समय अनुकूल छ । परिवार र जीवन साथीको साथले मन प्रसन्न रहनेछ । आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ भने नयाँ ज्ञान हासिल गर्ने सम्भावना पनि छ ।
सिंह- आर्थिक विषयमा लापरवाही नगर्नुहोस् । ठूला निर्णय लिनुअघि अनुभवी व्यक्तिको सुझाव लिनु उपयुक्त हुनेछ । अरूको काममा अनावश्यक रूपमा संलग्न हुनुपर्ने अवस्था आउन सक्छ । जीवन साथी वा प्रियजनको भावना बेवास्ता गर्दा सम्बन्धमा तनाव आउन सक्छ ।
कन्या- बुद्धि र विवेकको प्रयोगले रोकिएका काम अघि बढ्नेछन् । योजना अनुसार काम सम्पन्न हुने समय छ । घर परिवारमा सुख शान्ति बढ्नेछ । साथीभाइ र आफन्तसँग सहयोग आदानप्रदान हुनेछ । सानो प्रयासले पनि आर्थिक लाभ मिल्ने सम्भावना छ ।
तुला- आज निकै व्यस्त रहनुपर्नेछ । कामको चापले प्रेम र दाम्पत्य जीवनमा असर पर्न सक्छ । स्वास्थ्य र आराममा पनि ध्यान दिनु आवश्यक छ । नयाँ ज्ञान र सीप सिक्ने अवसर मिल्नेछ । मान सम्मान बढ्ने समय भएकाले वरिष्ठ तथा अग्रजको सम्मान गर्नु लाभदायक हुनेछ ।
वृश्चिक- लामो समयपछि आफन्त वा साथीभाइसँग भेटघाट हुन सक्छ । सामाजिक तथा धार्मिक कार्यमा सक्रियता बढ्नेछ । सञ्चार, विज्ञापन वा मार्केटिङसँग सम्बन्धित व्यवसायमा सफलता मिल्ने छ । अरूका नकारात्मक कुरामा ध्यान नदिई आफ्नो काममा केन्द्रित हुनुहोस् ।
धनु- अनावश्यक शंका र भ्रमले मन अशान्त बन्न सक्छ । नयाँ निर्णय लिनुभन्दा पुराना काम व्यवस्थित गर्नु राम्रो हुनेछ । व्यवस्थापन र सहकर्मीसँग सन्तुलित सम्बन्ध कायम राख्नु आवश्यक छ । आगो, धारिलो वस्तु तथा भान्साको काम गर्दा विशेष सावधानी अपनाउनुहोस् ।
मकर- कला, साहित्य र सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ । अध्ययनमा पनि ध्यान दिनु आवश्यक छ । सबैको सहयोग प्राप्त हुने भएकाले काम सहज रूपमा सम्पन्न हुनेछ । नयाँ जिम्मेवारी र अवसर प्राप्त हुन सक्छ । परिवारसँग रमाइलो समय बित्नेछ ।
कुम्भ- प्रतिस्पर्धा र परीक्षामा सफलता मिल्ने सम्भावना छ । आफ्नो योजना गोप्य राख्नु फाइदाजनक हुनेछ । अहंकार नियन्त्रणमा राख्नुपर्छ । बहस र तर्कमा जित मिल्न सक्छ । कार्यस्थलमा देखिने समस्या बुद्धिमानीपूर्वक समाधान गर्नु उपयुक्त हुनेछ ।
मीन- पढाइमा मन कम लाग्न सक्छ । अनुकूल वातावरण नहुँदा अपेक्षित सफलता ढिलो मिल्न सक्छ । सन्तान वा परिवारका सदस्यबाट सहयोग प्राप्त हुनेछ। पुराना साथीभाइसँग भेटघाट हुने सम्भावना छ । सानो भएपनि दीर्घकालीन लाभ दिने कामको सुरुवात हुन सक्छ ।
