अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारी,कर्मचारी अर्थ मन्त्रालय अगाडी धर्नामा

काठमाडौं। अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध कर्मचारीहरूले मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका छन् ।

त्यस्तै संसद् अधिवेशन अन्त्य गरेर करारका कर्मचारीहरूलाई हटाउन अध्यादेश ल्याउने तयारीमा बालेन सरकार रहेको पाइएको छ।

जसका लागि प्रधानमन्त्री बालेन शाहले मंगलबार अपराह् ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। समसामयीक विषयमा बस्ने भनिएतापनि उनले चालू संसदको अधिवेशन अन्त्य गर्ने र करारका कर्मचारी हटाउने अध्यादेश ल्याउने तयारी रहेको बुझिएको छ।

यस्तै,आजको क्याबिनेटले नै नेपाल दूरसञ्चार प्राधिकरणका सदस्य तथा केही निकायमा समेत नियुक्तीको सम्भावना देखिएको पाइएको छ।