रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, काठमाडौँ रिफर
काठमाडौं। रौतहटमा एक युवकले आत्मदाह प्रयास गरेका छन्। रौतहटको गरुडा नगरपालिका-९ गम्हरियाका देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतमकुमार सहनीले आत्मदाह प्रयास गरेका हुन्।
उनले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनको शरीरको करिब ३१ प्रतिशत भाग जलेको छ। उनलाई थप उपचारका लागि काठमाडौँको कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
