बचपना देखाएर राजकाज चल्दैन्: मनिष झा

काठमाडौं। रास्वपाका पूर्वमहामन्त्री मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा गाडी राखेर अवरोध गर्नु गलत भएको भन्दै घोर आपत्ति व्यक्त गरेका छन्।

उनले राज्यले नै नागरिकलाई आतङ्कित बनाउन नहुने धारणा राखेका छन्। झाले बुधवार बिहान फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, सञ्चारगृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ,अनुसन्धान र कारबाही हुनुपर्छ।

नागरिकको चिन्ता सम्बोधन गर्नुपर्नेमा राज्यले नै थप आतङ्क सिर्जना गर्न नहुने उनको भनाइ छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो, राज्यले आफैँ थप आतङ्कित बनाउने होइन,उनले लेखेका छन्।

यस्तै उनले राज्यकै संरक्षणमा सञ्चारमाध्यमका अगाडि अव्यवस्थित पार्किङ गरिएकोतर्फ सङ्केत गर्दै प्रश्न गरेका छन्,यस्तो बचपना देखाएर राजकाज चल्छ र? के यस्तै स्तरहीन र गलत कामका लागि सहादत भएको हो र ? यस किसिमको कामप्रति घोर आपत्ति छ।