प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’ भएको आरोप लगाएका छन्।
बुधवार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद ठाकुरले साह नेतृत्वको प्रशासनलाई ‘अकार्यकुशल’को संज्ञा दिँदै साहलाई ‘नेपाली हिटलर’ को रूपमा टिप्पणी गरेका हुन्। ठाकुरले सरकारले जनतालाई दिएका कुनै पनि आश्वासन पूरा नगरेको दाबी गरे।
सांसद ठाकुरले साहले कर्मचारी प्रशासनमाथि प्रहार गरेको र दरबन्दीमा रहेका कर्मचारीलाई हटाएर आन्दोलनको स्थिति सिर्जना गरेको आरोप लगाए। साथै, राजनीतिक दलका कार्यालयहरूमा हस्तक्षेप गर्ने, फर्निचर जलाउने र दलहरूमाथि निरन्तर आक्रमण भइरहेको उनको तर्क छ।
ठाकुरले भने, ‘बालेन सरकारले दिएका आश्वासन पूरा नहुँदा देशमा निराशा छाएको छ र आत्महत्याका घटना बढेका छन्। दलका नेताहरू असुरक्षित महसुस गरिरहेका छन् भने व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन्।
नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ। यो सरकारले ट्रेड युनियन र विद्यार्थी संगठनलाई खारेज गरेको छ। अर्गनाइजेशनलाई आक्रमण गरेर उनलाई खत्तम गरेर अब के गर्न खोजेको हो रु नेपाली डिक्टेटर, बालेन नेपाली हिटलर भइसकेको छ‚ उनले जो बोल्छ त्यही ठिक हो, जो गर्छ त्यही कानून हो।
शिक्षा र स्वास्थ्य क्षेत्रका विषयमा बोल्दै ठाकुरले निजी विद्यालय ९बोर्डिङ स्कुल० र नर्सिङ होममाथि भइरहेको कडाइले लाखौँ विद्यार्थी र शिक्षकको भविष्यमा असर पर्ने बताए।
