आज साउन ०१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष- जोखिम मोलेर काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नुहोस् । शत्रु र कुरा काट्नेहरू सक्रिय रहने समय भएकाले आफ्नै कमजोरीले साख बिग्रन सक्छ । नयाँ कारोबार प्रति आकर्षण बढ्नेछ । परिस्थिति पूर्ण रूपमा अनुकूल नभए पनि बुद्धि र रणनीतिले लक्ष्य हासिल गर्न सकिने दिन छ । पारिवारिक वातावरण सामान्य रहनेछ । तर छोराछोरीको इच्छा पूरा गर्ने क्रममा खर्च बढ्न सक्छ र पारिवारिक मनमुटाव पनि हुन सक्छ ।

वृष- घुमघाम वा मनोरञ्जनका लागि खर्चको आवश्यकता पर्न सक्छ । चिन्ता गरेर बस्नुभन्दा अभिभावकसँग खुलेर कुरा गर्नु राम्रो हुनेछ । आक्रामक व्यवहारले आफन्त र शुभचिन्तकमा गलत प्रभाव पर्न सक्छ । साथीहरूले पनि तपाईंका गतिविधिको आलोचना गर्न सक्छन् । त्यसैले क्रोध नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित बन्नुहोस् । मनोरञ्जन र खेलकुदमा धेरै समय बिताउँदा लक्ष्य प्राप्तिमा कठिनाइ आउन सक्छ ।

मिथुन- मनलाई उत्साहित बनाउने काममा लाग्दा दिन सुखद रहनेछ । तर साथीभाइसँग रमाइलो गर्ने क्रममा आपसी समझदारी बिग्रन सक्छ, सचेत रहनुहोस्। नयाँ ठाउँको भ्रमण, नयाँ साथी र रमाइलो वातावरणको अवसर मिल्नेछ । धर्म, अध्यात्म र परोपकारप्रति रुचि बढ्न सक्छ । व्यापारमा मन्दी देखिएको छ भने थप मेहनत गर्नुहोस् । लगनशीलताले नयाँ अवसर र आम्दानीमा सुधार ल्याउन सक्छ ।

कर्कट- जीवन साथी र परिवारबाट राम्रो साथ र सहयोग मिल्नेछ । आर्थिक समस्या समाधान गर्ने अवसर मिल्न सक्छ । गुरुजन र अनुभवी व्यक्तिबाट प्रेरणा प्राप्त हुनेछ । आफ्नो प्रतिभा प्रदर्शन गरेर नाम कमाउने समय छ । बोल्दा सोचेर बोल्नुहोस् । राम्रो शब्दले सम्बन्ध बलियो बनाउँछ भने नराम्रो व्यवहारले मूल्यवान सम्बन्धमा चोट पुग्न सक्छ।

सिंह- काम चुनौतीपूर्ण देखिए पनि सफलतापूर्वक सम्पन्न हुनेछ । वरिष्ठ वा अनुभवी व्यक्तिको साथले कार्यक्षमता अझ बढ्नेछ । घुमघाम वा मनोरञ्जनको योजना बन्न सक्छ । तर जिद्दी स्वभाव त्याग्नुहोस्, नत्र सामान्य कुरामा विवाद हुन सक्छ । विरोधी र कुरा काट्ने व्यक्तिबाट सावधान रहनुहोस् । हतार, रिस र आवेग आजका मुख्य शत्रु हुन्।

कन्या- छलकपट र हेलचक्र्याइँ नगर्नुहोस् । प्रेम सम्बन्धमा विश्वास कायम गर्न सके मात्र सफलता मिल्नेछ । आत्मविश्वास केही कमजोर हुन सक्छ, त्यसैले धैर्य र संयम आवश्यक छ । जुवा वा सट्टाबाजीमा लगानी गर्नु हानिकारक हुनेछ । तर तरल पदार्थ, खाद्यान्न, सौन्दर्य सामाग्री तथा फलफूल–तरकारीको व्यवसायमा राम्रो लाभ मिल्ने सम्भावना छ।

तुला- वैदेशिक यात्रा वा छात्रवृत्तिको प्रयास गरिरहनुभएको छ भने अनुभवी व्यक्तिसँग सल्लाह लिनु लाभदायक हुनेछ । दाजुभाइ तथा परिवारका सदस्यको आवश्यकतामा समय दिनुपर्नेछ । सरकारी तथा प्रशासनिक काममा सफलता मिल्नेछ । पदोन्नति वा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । कामको सिलसिलामा देश विदेश यात्रा गर्ने अवसर पनि मिल्न सक्छ।

वृश्चिक- चिडचिडापन बढ्न सक्ने भएकाले धैर्य अपनाउनुहोस् । एउटा काम पूरा गर्न धेरै मेहनत गर्नुपर्ने हुन सक्छ । परिवार र साथीभाइसँग सम्पर्कमा रहनु राम्रो हुनेछ । व्यवस्थापन र सहकर्मीसँग राम्रो तालमेल बन्नेछ । नयाँ प्रविधिको प्रयोगले उत्पादन बढाउन मद्दत गर्नेछ । केही अवरोध आएपनि निरन्तर प्रयासले सबै काम पूरा हुने दिन छ।

धनु- असम्भव आशाको पछि लाग्दा नोक्सानी हुन सक्छ । कालीगढी, मर्मत, काठ, प्लास्टिक तथा रबरसम्बन्धी व्यवसायमा लाभ मिल्नेछ । आफन्त वा छिमेकीको काममा व्यस्त रहनुपर्ने समय छ । लामो समयदेखि राखेको इच्छा पूरा हुने सम्भावना छ । भाग्यले साथ दिने भएकाले प्रतियोगिता वा प्रदर्शनमा सफलता र प्रशंसा मिल्न सक्छ।

मकर- मित्र र परिवारसँग सम्बन्धित विषयले चिन्ता बढाउन सक्छ । केही कठिन परिस्थितिको सामना गर्नुपरेपनि जोखिम उठाएर गरिएको कामबाट लाभ मिल्ने सम्भावना छ । सहकर्मीसँग समन्वय गरेर अघि बढ्नु राम्रो हुनेछ । दबाबमा आएर निर्णय नगर्नुहोस्, यसले भविष्यमा समस्या ल्याउन सक्छ । तेस्रो व्यक्तिको हस्तक्षेपले सम्बन्धमा दूरी आउन सक्ने भएकाले सावधानी अपनाउनुहोस् ।

कुम्भ– कार्य क्षेत्रमा सफलता मिल्नेछ । कल्पना र भावनामा बढी डुब्ने समय भए पनि अरूले के सोचिरहेका छन् भन्ने कुरामा ध्यान दिनु राम्रो हुनेछ । पद प्रतिष्ठा बढ्नेछ र सम्मान प्राप्त हुनेछ । समयमै काम सम्पन्न हुँदा मन प्रसन्न रहनेछ । परिवारसँग सुखद समय बित्नेछ । प्रेम सम्बन्धमा घुमघाम वा कुनै कार्यक्रममा सँगै सहभागी हुने अवसर मिल्नेछ।

मीन- सानो लाभका लागि पनि धेरै मेहनत गर्नुपर्ने अवस्था देखिन्छ । विशेष गरी इलेक्ट्रिकल, सञ्चार तथा धातुसम्बन्धी व्यवसायमा राम्रो लाभ हुनेछ । स्वास्थ्यमा सामान्य कमजोरी देखिए पनि उत्साह कायम रहनेछ । स्वभावमा अस्थिरता आउन सक्छ, त्यसैले विवादबाट टाढा रहनु राम्रो हुनेछ । आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्नेछ, तर अनावश्यक बहस र झगडाबाट जोगिन कम बोल्नु नै बुद्धिमानी हुनेछ।