शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तत्काल नलाग्ने,पछि हट्यो सरकार
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क (समता कर) हालका लागि लागू नगर्ने निर्णय गरेका छन्। उक्त शुल्क तत्काल कार्यान्वयन गर्दा आमनागरिकमाथि थप आर्थिक भार पर्ने र सेवा पहुँचमा समेत नकारात्मक प्रभाव पर्न सक्ने निष्कर्षपछि सरकारले निर्णय फिर्ता लिएको जनाएको छ।
प्रधानमन्त्री बालेनले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन्। उनका अनुसार सरकारको प्राथमिकता नागरिकलाई थप आर्थिक बोझ थोपर्नु होइन, सहज रूपमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नु हो।
प्रधानमन्त्रीले वर्तमान सरकार जनताको विश्वास र अपेक्षाका आधारमा गठन भएको जनमुखी सरकार भएकाले प्रत्येक नीतिगत निर्णयमा नागरिकको हितलाई केन्द्रमा राखिएको बताएका छन्। उनले सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउने सरकारको मूल उद्देश्य रहेको उल्लेख गरे।
सरकारको यो निर्णयसँगै निजी विद्यालय तथा स्वास्थ्य संस्थामा सेवा लिने नागरिकले तत्कालका लागि अतिरिक्त ३ प्रतिशत समता शुल्क तिर्नुपर्ने अवस्था टरेको छ। सरकारले आवश्यक अध्ययन र सरोकारवालासँग थप छलफलपछि मात्र यस विषयमा आगामी निर्णय लिने संकेत गरेकाे छ।
प्रधानमन्त्री बालेन्द्र शाहले यस्ताे भनेका छन्
