गोविन्द केसीलाई अनसन छाड्न तोसिमाको सुझाव
काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.तोसिमा कार्कीले डा.गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न माग गरेकी छन्। कार्कीले केसीलाई आफ्ना मागबारे प्रधानमन्त्री र शिक्षामन्त्रीलाई सुझाव दिन सक्ने पनि बताएकी छन्।
शुक्रवार कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै डा.केसीले अनसन बस्नुपर्ने अवस्था आउनै नपर्ने भए पनि आएकोमा आश्चर्य व्यक्त गरेकी छन्।
उनले भनेकी छन्, ‘विगतका सरकारमा तपाईँले पटक पटक शोषक र शासक देख्नुभयो होला,अहिले हाम्रो सरकार सेवक सरकार हो, जनताको सरकार हो।
जनताको सुन्छ, तपाई जस्तो निस्वार्थ विज्ञको पनि सुन्छ। भयो सर,अनसन छोडिदिनुस्,चिकित्सा शिक्षालाई सफा, प्रभावकारी र जनतामुखी बनाउन तपाईँका जायज मागहरूमा हामी तपाई सँगै सहकार्य गर्दै अघि बढ्नेछौँ। डा.केसी बिहीबारबाट धनगढीमा अनसन बसेका छन्।
