आज साउन १२ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
मेष- आज चुनौती र संघर्षका बीच पनि आफ्नो काम सफलतापूर्वक सम्पन्न गर्न सकिने दिन छ । प्रेम सम्बन्धमा सुखद भेटघाट हुन सक्छ भने वैवाहिक सम्बन्धबारे पनि सकारात्मक योजना बन्ने सम्भावना छ । आफ्नो लक्ष्य पूरा गर्न खर्च गर्न मन लाग्नेछ । मनपर्ने वस्त्र, गहना तथा आधुनिक सामाग्री प्रति आकर्षण बढ्नेछ ।
वृष- काम वा व्यवसायमा केही अवरोध देखिएपनि तनाव लिनुभन्दा कामको गुणस्तर सुधारमा ध्यान दिनु उपयुक्त हुनेछ । स्वास्थ्यप्रति सचेत रहनुहोस्, विशेष गरी लो ब्लडप्रेसरको समस्या भएमा मन केही अस्थिर रहन सक्छ, तर अनुशासन र संयम अपनाए सफलता प्राप्त हुनेछ ।
मिथुन- मन रमाइलो र उत्साहतर्फ आकर्षित हुनेछ । अविवाहितका लागि नयाँ सम्बन्धको सम्भावना देखिन्छ । कार्यालयमा नयाँ जिम्मेवारी आउन सक्छ भने परिवार र जीवन साथीलाई पनि समय दिनुपर्ने अवस्था रहनेछ । घुमफिर तथा प्रेम सम्बन्धका लागि दिन अनुकूल छ ।
कर्कट- भोग विलासका सामाग्री प्रति आकर्षण बढ्नेछ । व्यवसायमा आम्दानी बढ्ने सम्भावना भएपनि कार्य क्षेत्रमा केही चुनौती सामना गर्नुपर्ने हुन सक्छ । दैनिक काम सहज रूपमा सम्पन्न हुनेछन् । अनावश्यक विवाद र झगडाबाट टाढा रहनु लाभदायक हुनेछ ।
सिंह- बौद्धिक क्षमता र सिर्जनात्मक सोचमा वृद्धि हुनेछ । अध्ययन, अनुसन्धान, प्रतियोगिता वा परीक्षामा सफलता मिल्ने संकेत छ । नयाँ ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ । जुनियर सहकर्मी वा सन्तानबाट पनि सहयोग र लाभ मिल्न सक्छ ।
कन्या- कार्य क्षेत्र र पारिवारिक जिम्मेवारीबीच सन्तुलन कायम गर्नुपर्ने दिन छ । वैदेशिक यात्रा वा विदेशसँग सम्बन्धित काममा प्रगतिको सम्भावना देखिन्छ । गोपनीय विषयमा सावधानी अपनाउनुहोस् । अनावश्यक चर्चा वा आलोचनाबाट टाढा रहनु उचित हुनेछ ।
तुला- साझेदार र सहकर्मीको सहयोग लाभदायी हुनेछ । सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ । मान्यजनसँगको सम्बन्ध सुदृढ बन्नेछ । दाजुभाइ वा आफन्तसँगको सम्बन्ध पनि प्रगाढ हुनेछ । अध्ययन वा काममा आवश्यक परे सहकर्मीको सहयोग लिन नहिच्किचाउनुहोस् ।
वृश्चिक- नियमित काम सहज रूपमा सम्पन्न हुनेछन् । आयका नयाँ स्रोत फेला पर्ने सम्भावना छ भने बचत गर्न पनि सकिनेछ । प्रेम सम्बन्धमा सामान्य विषयलाई विवादको रूप नदिनु राम्रो हुनेछ । मधुर बोली र व्यवहारले आफ्नो पक्षमा परिणाम ल्याउन सक्नुहुन्छ ।
धनु- जीवन साथी वा प्रेमीसँगको सम्बन्ध थप सुमधुर बन्नेछ । सामाजिक, राजनीतिक वा प्रशासनिक गतिविधिमा सक्रियता बढ्नेछ । कार्य क्षेत्रमा केही व्यस्तता रहेपनि घर परिवारमा खुसीको वातावरण रहनेछ । नयाँ रणनीति अपनाए आर्थिक पक्षमा सुधार आउन सक्छ ।
मकर- आज खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिनुहोस् । साझेदारीमा कुनै आर्थिक निर्णय गर्दा सावधानी अपनाउनु आवश्यक छ। मन अस्थिर भए केही समय विश्राम गरेर पुनस् काममा केन्द्रित हुनु राम्रो हुनेछ ।
कुम्भ- व्यक्तिगत प्रतिष्ठा बढ्ने दिन छ । परिवारको उन्नतिका लागि नयाँ योजना सुरु हुन सक्छ । विदेश अध्ययन वा दीर्घकालीन योजनामा सफलता पाउन थप मेहनत गर्नुपर्ने देखिन्छ । नयाँ योजना बनाउन र आवश्यक व्यक्तिसँग छलफल गर्न उपयुक्त समय हो ।
मीन- मनोरञ्जनभन्दा काममा बढी व्यस्त रहने दिन छ । बौद्धिक तथा आध्यात्मिक गतिविधि प्रति आकर्षण बढ्नेछ । लेखन, परामर्श, कम्प्युटर, शेयर बजार, कानुनी सेवा वा सञ्चारसम्बन्धी क्षेत्रमा कार्यरत व्यक्तिका लागि दिन लाभदायक रहनेछ । आधुनिक प्रविधिसँग सम्बन्धित काममा पनि सकारात्मक परिणाम प्राप्त हुने संकेत छ।
