परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं। परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले उनलाई पक्राउ गरेको हो।

काठमाडौं जिल्ला अदालतमा राहदानी कसुरसम्बन्धी दायर मुद्दाका सम्बन्धमा उपस्थित नभएकाले अदालतबाट पक्राउ पुर्जी जारी गरेर उनलाई सीआईबीको टोलीले नियन्त्रणमा लिएको हो।

१७ वर्षअघि ५ तिब्बती शरणार्थीका नाममा फर्जी कागजातका आधारमा ट्राभल डकुमेन्ट (यात्रा अनुमतिपत्र) जारी गरेको आरोपमा भट्टराईविरुद्ध गत सोमबार काठमाडौं जिल्ला अदालतमा राहदानी कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको थियो ।

तर, उनी उपस्थित नभएपछि अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा सोमबार उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सहसचिव भट्टराईलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ ।