सल्यान जिप दुर्घटनामा बेपत्ता चालकको शव भेरी नदीमा फेला

काठमाडौं। सल्यानमा बोलेरो जिप भेरी नदीमा खस्दा बेपत्ता भएका चालकको शव फेला परेको छ। प्रहरीले दुर्घटनापछि बेपत्ता चालकको शव भेरी नदीबाट फेला पारेको जनाएको छ।

सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट चालकसहित चार जना सवार लु १ ज ३०२२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई करिब २० मिटर तल भेरी नदीमा खसेको थियो।

दुर्घटनापछि जिपमा सवारमध्ये केही व्यक्ति सम्पर्कविहीन भएका थिए। खोजी तथा उद्धारका क्रममा बेपत्ता चालकको शव भेरी नदीमा फेला परेको प्रहरीले जनाएको छ।

फेला परेको शव मृतककी दिदीले सनाखत गरेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।