आज भदौ ०४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
मेष- ठूलो योजना वा महत्वपूर्ण काम अघि बढाउने सोचमा हुनुहुन्छ भने केही समय पर्खनु लाभदायक हुनेछ। नजिकका व्यक्तिसँग सामान्य मनमुटाव हुनसक्ने भएकाले कुराकानी गर्दा संयमता अपनाउनुहोस्। मान्यजन तथा अनुभवी व्यक्तिको सल्लाहलाई बेवास्ता नगर्नुहोस्। हतारमा गरिएको निर्णयले काम बिगार्न सक्छ। आर्थिक कारोबारमा पनि सोचविचार आवश्यक देखिन्छ।
वृष- जस्तोसुकै परिस्थितिसँग जुझ्दै अघि बढ्ने आत्मविश्वास रहनेछ। व्यापार तथा व्यवसायमा लाभ मिल्ने सम्भावना छ। लामो समयदेखि रहेका पुराना समस्या क्रमशः समाधान हुँदै जानेछन्। शुभचिन्तक तथा नजिकका व्यक्तिको सहयोग प्राप्त हुनेछ। नयाँ काम सुरु गर्नुअघि योजनालाई व्यवस्थित बनाउन सके अपेक्षित परिणाम प्राप्त गर्न सकिनेछ।
मिथुन- आज प्रभाव जमाउने अवसर प्राप्त हुनेछ। विगतमा गरेको मेहनतको प्रतिफलस्वरूप आर्थिक लाभ मिल्ने संकेत छ। लामो समयदेखि रोकिएका काम अघि बढ्नेछन्। अध्ययन तथा व्यापार व्यवसाय दुवै क्षेत्रमा सकारात्मक परिणाम प्राप्त हुनसक्छ। नयाँ अवसरको खोजीमा हुनुहुन्छ भने समय अनुकूल देखिन्छ। आफ्नो क्षमता सही ढंगले प्रयोग गर्न सके उल्लेखनीय उपलब्धि हासिल गर्न सकिनेछ।
कर्कट- आज इच्छा शक्ति बलियो बन्नेछ र थालेका काम सफलतापूर्वक अघि बढ्नेछन्। निरन्तर प्रयासबाट अपेक्षित परिणाम प्राप्त गर्न सकिनेछ। परिवारका सदस्यबीच आत्मीयता बढ्नेछ भने नजिकका व्यक्तिबाट सहयोग र साथ मिल्नेछ। कामको व्यस्तताबीच फुर्सदको समय रमाइलो रहनेछ। सकारात्मक सोचका साथ अघि बढ्दा मनमा उत्साह थपिनेछ।
सिंह- समयको उचित व्यवस्थापन गर्न नसक्दा महत्वपूर्ण अवसर हातबाट फुत्किन सक्छ। कामका लागि दौडधुप र व्यस्तता धेरै भए पनि अपेक्षित प्रतिफल कम मिल्न सक्छ। नयाँ योजना बनाउँदा हतार नगरी सम्भावित जोखिमको मूल्याङ्कन गर्नुहोस्। आर्थिक तथा व्यावसायिक निर्णयमा विशेष सावधानी अपनाउनु राम्रो हुनेछ। प्राथमिकता निर्धारण गरेर अघि बढ्दा समस्या कम हुनेछ।
कन्या- आज नयाँ आम्दानीको स्रोत खुल्ने सम्भावना छ। साझेदारीमा गरिएका काम लाभदायक बन्न सक्छन्। व्यवसायमा नयाँ अवसर प्राप्त हुनुका साथै व्यावसायिक क्षेत्रमा उचाइ हासिल गर्ने सम्भावना देखिन्छ। आफ्नो काम र मेहनतको उचित सम्मान पाइनेछ। जिम्मेवारी बढेपनि त्यसलाई कुशलतापूर्वक पूरा गर्न सकिनेछ। आर्थिक पक्षसमेत क्रमशस् बलियो बन्ने संकेत छ।
तुला- आज तत्काल आर्थिक लाभ नपाए पनि महत्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्छ। आफूमा रहेको क्षमता र आत्मबललाई सही रूपमा प्रयोग गर्न सके सामाजिक तथा व्यावसायिक क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। नयाँ व्यक्तिसँगको भेटघाट उपयोगी बन्न सक्छ। जिम्मेवारीबाट पछि नहटी आत्मविश्वासका साथ अघि बढ्नुहोस्। भविष्यका लागि महत्वपूर्ण आधार तयार हुने दिन देखिन्छ।
वृश्चिक- साथीभाइ तथा सहयोगी व्यक्तिको साथ पाएपछि लामो समयदेखि अड्किएका काम अघि बढ्नेछन्। आजको मेहनतले भविष्यमा दीर्घकालीन लाभ दिलाउन सक्छ। महत्वपूर्ण काममा सहकार्यको वातावरण बन्नेछ। आर्थिक तथा व्यावसायिक क्षेत्रमा पनि सुधारका संकेत देखिन्छन्। आफ्नो लक्ष्यप्रति निरन्तर लागिरहन सके अपेक्षित उपलब्धि हासिल गर्न सकिनेछ।
धनु- महत्वपूर्ण काम सम्पन्न गर्न केही समय लाग्न सक्छ। कामको सिलसिलामा छोटो वा लामो यात्रा गर्नुपर्ने सम्भावना छ। अत्यधिक व्यस्तताका कारण स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुनसक्छ, त्यसैले आराम र खानपानमा ध्यान दिनुहोस्। हतारमा निर्णय लिनुभन्दा धैर्यपूर्वक अघि बढ्नु राम्रो हुनेछ। निरन्तर प्रयासले अन्ततः सफलता दिलाउनेछ।
मकर- अध्ययन, व्यापार तथा आम्दानीका क्षेत्रमा सुधार आउने संकेत छ। मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ। प्रेम तथा पारिवारिक सम्बन्धमा मिठास बढ्नेछ र नजिकका व्यक्तिबाट साथ मिल्नेछ। प्रतिस्पर्धा धेरै नगरी पनि अवसर हात पार्ने सम्भावना छ। नयाँ जिम्मेवारी प्राप्त भएपनि त्यसलाई सफलतापूर्वक पूरा गर्न सकिनेछ। आर्थिक पक्षमा समेत सकारात्मक सुधार आउनेछ।
कुम्भ- कानुनी तथा विवादास्पद विषयमा सफलता प्राप्त हुने सम्भावना छ। सानो प्रयासले पनि अपेक्षाभन्दा ठूलो उपलब्धि हासिल गर्न सकिनेछ। महत्वपूर्ण काममा सहयोगी तथा शुभचिन्तकको साथ प्राप्त हुनेछ। रोकिएका काम अघि बढाउन आजको दिन उपयोगी देखिन्छ। आफ्नो पक्ष स्पष्ट रूपमा राख्न सके समस्या समाधानतर्फ जानेछ।
मीन- प्रेम तथा पारिवारिक सम्बन्ध थप बलियो बन्नेछ। परिवारका सदस्यसँग आत्मीयता बढ्नुका साथै मनमा खुसी र सन्तुष्टि मिल्नेछ। विद्यार्थीका लागि अध्ययनमा ध्यान केन्द्रित गर्ने अनुकूल समय छ। मेहनतअनुसार राम्रो परिणाम प्राप्त गर्न सकिनेछ। आर्थिक लाभ भने औसत रहनेछ, त्यसैले अनावश्यक खर्चमा नियन्त्रण गर्नु राम्रो हुनेछ।
