२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १७८ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १७८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ६६, सिसिटिभिमार्फत ६९, रातोबत्तीमा ६६ जना चालकलाई कारबाही गरिएको छ।

यसैगरी, तीव्रगतिमा १४१, हर्न निषेधमा ४२, लेन क्रसमा ७५, अवस्था ठिक नभएको ३५, एकतर्फीमा २१ र अन्यमा ६६३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।