राष्ट्रपति माग्दै प्रधानमन्त्री निवासमा लर्को लागेका कांग्रेस शीर्ष नेताहरूलाइ,प्रचण्डले दिए यस्तो जवाफ

काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति पद जसरी पनि दिलाइ दिन अनुनय बिनय गरेका छन्।

हिजो साँझ ९ बजे बालवाटार पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले यस्तो अनुनय बिनय गर्नुभएको हो।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्ण सिटौलालगायतका कांग्रेसका शीर्ष नेताको टोली आज साँझ बालुवाटार पुगेको हो ।

कांग्रेसले भारतको चाहना कांग्रेसबाटै राष्ट्रपति हुनुपर्ने रहेको भन्दै प्रधानमन्त्री दाहाललाई एमालेसँग पुस १० गते प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्नुअघि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमति तोडेर आफूलाई राष्ट्रपति दिलाउन दवाव दिइरहेको छ।

प्रधानमन्त्रीलाई भ्रममा पारेर राष्ट्रपति पद पाए प्रधानमन्त्रीसमेत आफ्नै हुने भएकोले कांग्रेस राष्ट्यि सहमतिलाई आफ्नो भागमा राष्ट्रपति भन्ने बुझाइमा रहेको छ ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार जवाफमा प्रधानमन्त्री दाहालले आफ्नो चाहना राष्ट्रिय सहमति नै होस भन्ने रहेको तर सत्ता गठबन्धन र त्यसमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको सहमतिबिना राष्ट्रिय सहमति संम्भव नरहेको जवाफ दिनुभएको छ। प्रधानमन्त्रीको जवाफले कांग्रेस नेताहरु निकै निरास बन्दै भारतको कार्ड पुन फाल्नुभएको छ।

पुस १० गते राष्ट्रपति र प्रधानमन्त्री दुवै ३२ सिटे माओवादीलाई दिन नसक्ने भन्दै अपमान गरेपछि दाहाल कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमाले नेतृत्वका नयाँ गठबन्धनमा सहभागी हुनुभएको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै बिराटनगरमा राष्ट्रपतिको बिषय प्रधानमन्त्री नियुक्तिअघि नै तय भइसकेको बताइसक्नु भएको छ ।