नक्कली भुटानी शरणार्थी प्रकरण: अप्ठ्यारो परे जुनसुकै बेला सरकारलाई साथ दिन्छौं: सभापति लामिछाने

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भटवार्ता भएकाे छ।
रास्वपा सभापति लामिछानेसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पुनः सरकारमा आउनसमेत आग्रह गरेका छन्। यसअघि सरकारलाई दिएको समर्थन फिर्ता लिएकोमा पनि प्रचण्डले गुनासो गरेका थिए।
‘तपाईहरु पनि आउनुहोस्, सँगै अगाडि बढ्दा सजिलो हुन्छ भन्नुभएको थियो’ सभापति लामिछानेले भने तर हामी प्रतिपक्षमै बसेर सहयोग गर्छौ भनेको छु’ भेटपछि लामिछानेले भनेका छन्।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले सरकारमै आउन गरेको आग्रहमा रास्वपा सभापति लामिछानेले ठाडै अस्वीकार गरेनन्। तर, सरकारमा सहभागी हुने वातावरण नभएको र भविष्यमा अप्ठ्यारो पर्दा साथ दिने आश्वासन रास्वपा सभापति लामिछानेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणलाई अगाडि बढाएकै कारण अप्ठ्यारो परे जुनसुकै बेला सरकारलाई समर्थन दिन र आवश्यक परे सरकारमै सहभागी भएर साथ दिन पनि तयार रहेको बचन प्रधानमन्त्री प्रचण्डलाई दिएको रास्वपा सभापति लामिछानेले बताएका छन्।
भ्रष्टाचारीलाई कार्बाही गर्दा किन सरकार ढल्ला र ? तर त्यस्तो अवस्था आएमा हाम्रो साथ रहन्छ प्रधानमन्त्री प्रचण्डलाई भनेको छु लामिछानेले भनेका छन्।
