बजेट वास्तविक धरातलमा नआएको गगन थापाको टिप्पणी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आर्थिक वर्ष २०८१/८२ का लागि संसदमा पेश गरेको बजेट वास्तविक धरातलमा नआएको टिप्पणी गरेका गरेका छन्।
बजेटको सैद्धान्तिक पक्षमाथि छलफलमा भाग लिँदै सांसद थापाले अर्थमन्त्रीमा बजेटमा जे लेखे पनि हुन्छ भन्ने मानसिकता बोकेर आएको टिप्पणी गरे । बजेटमा कार्यान्वयनमा हुन नसक्ने र जवाफ दिनु नपर्ने मानसिकता बोकेर नआएको दाबी गरे।
छलफलमा भाग लिँदै थापाले भने,यहाँ जे लेखे पनि हुन्छ,माइ वाप छैन भन्ने मानसिकता देखिएको छ। वातविकतामा आधारित छैन। यो वर्ष ३ अर्ब वैदेशिक सहयोग आएको छ तर बजेटमा ५२ अर्ब आउने दाबी गरिएको छ।
आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्याउँछु भन्नु भएको छ त्यसको आधार के ? बहुमत छ,पास गरिदिन्छु भन्ने सोचे छ। आलोचना गरे पनि पास गरिदिन्छु भनेकै छन्। पास भइहाल्छ भनेर बजेट ल्याइएको छ।
उनले बजेटको आलोचना गर्नुभन्दा पनि अर्थमन्त्रीलाई प्रश्न सजिलो भएको उल्लेख गरे। अहिले विरोध गरे पनि कार्यान्वयन गर्ने बेला आफैले काँध हाल्नुपर्ने हो कि भन्दै थापाले व्यंग्य गरे।
उनले बजेटमा सबैभन्दा ठूलो अभाव विश्वसनीयता रहेको बताए। बजेट निर्माणमा प्रधानमन्त्री उदासीन रहेकाले कार्यान्वयन हुनेमा उनले आशंका समेत जनाए। उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानसेनापतिको संज्ञा समेत दिए।
बैठकमा उनले भने,अहिले आएको बजेटमा गठबन्धनको मुख्य दल एमालेका जर्साब, कर्साबहरूले के भन्नु भयो भन्ने मेरो धेरै टिप्पणी छैन । तर, प्रधानसेनापतिले नै यो बजेट हाम्रो होइन,रंग मिल्दैन भनेपछि यसको स्वामित्व कसले लिन्छ ?
उनले बजेटमाथि नराम्रो टिप्पणी गर्दा ६९८ महिनापछि आफैले काँध हाल्नुपर्ने अवस्था आउन सक्ने बताए। प्रधानमन्त्री र अर्थमन्त्रीले आफूहरूसँग परामर्श नगरी बजेट ल्याएको भन्दै ओलीले असन्तुष्टि जनाएको सन्दर्भमा गगनले यस्तो टिप्पणी गरेका हुन्।
