एमालेसँग पार्टी एकताको सम्भावना छैन,समाजवादी मोर्चा पुन:गठन गर्छौं: अध्यक्ष नेपाल

फाइल तस्वीर

काठमाडौं।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताएका छन्।

शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी) कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका छन्।

उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताएका हुन्।

हिजोको कुरा पनि बिर्सौं ठिक छ,तर अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन। विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन।’

उनले एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको पनि बताए।

एकीकृत समाजवादीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक भएपनि ओली सकारात्मक नभएको बताएका छन्। त्यही सम्झाउन खोज्दा ओली भित्रभित्रै मुर्मुरिने गरेको नेपालले बताए।धेरै मुर्मुरिनु हुँदैन,उनले भने।

अध्यक्ष नेपालले समाजवादी मोर्चाको पुनःगठन गरेर अघि बढ्ने सोच आफूहरुको रहेको र सोहीअनुसार अघि बढिरहेको पनि जानकारी दिए।
‘समाजवादी मोर्चाका संयोजक विप्लव सकारात्मक हुनुहुन्छ,प्रचण्ड,अशोक राई, महिन्द्रराय यादव समूह पनि सकारात्मक देखिनुभएको छ।

उपेन्द्रजीलाई पनि सोध्ने प्रयासमा छौँ। हामी छिटै समाजवादी मोर्चाको पुनःगठन गरेर कति घटक हुन्छन्, सहकार्य गरेर जानेछौँ,’ उनले भने।