सुनको मल्य स्थिर,चाँदीकाे बढ्यो,कतिमा हुँदैछ काराेबार
काठमाडौं। मंगलबार सुनको मूल्य अघिल्लो दिनकै मूल्य कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्य तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको छ।
जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो। चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेको छ।
अघिल्लो दिन प्रतितोला १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८ सय १५ पुगेको महासंघले जनाएको छ।
