बढ्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । एकैदिन सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो।

त्यस्तै चाँदीको भाउ ४० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला १८२५ रुपैयाँ रहेको चाँदी आज १८६५ रुपैयाँ कायम भएको छ।