एमालेले बोलायो संसदीय दलको बैठक

फाइल तस्वीर

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । भोलि आइतबार बिहान १० बजे बैठक बोलाइएको हो ।

संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ।

भोलि प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ मा विश्वासको मत लिने तयारी गरेका छन्।