शेखर-गगनपक्षले सिफारिस गर्यो देउवासमक्ष मन्त्रीको सूची, अधिकांश नयाँ
काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर समूहले नयाँ सरकारमा मन्त्री बन्नेको नाम टुंगो लगाएको छ। स्रोतका अनुसार, टुंगो लगाइएका नाम नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेका छन्।
इतर समूहले चार मन्त्रालय पाएको स्रोतको दाबी छ। मन्त्री बन्ने सांसदहरूमा हृदयराम थानी,रामनाथ अधिकारी,प्रदीप पौडेल र तेजुलाल चौधरीको नाम सिफारिस गरिएको स्रोतले दाबी गरेकाे छ।
