बाजुरा जिल्लाका बद्री पाण्डे पर्यटन मन्त्रीमा नियुक्त,यस्तो छ पाण्डेको छाेटाेमा राजनीतिक जीवन

काठमाडौं। नेपाली काँग्रेसका सहमहामन्त्री तथा बाजुरा जिल्लाका सांसद बद्रीप्रसाद पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पर्यटनमन्त्रीका रूपमा नियुक्त भएका छन्।

काँग्रेसका सहमहामन्त्री पाण्डे पहिलो पटक मन्त्रीमा नियुक्त भएका हुन। पाण्डे २०७० सालमा संविधान सभाको समानुपानिक सांसद,२०७४ मा राष्ट्रिय सभाका सदस्य समेत भइसकेका छन्।

प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधी सभामा बाजुरा जिल्लाबाट निर्वाचित भएपछि पार्टीको गगन र शेखर कोइरालाको समूहबाट मन्त्री बन्न पाण्डे सफल भएका हुन।

 पाण्डेले आज राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन्। भने आजै पद तथा गोपनीयताको सपथ लगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्।

विद्यार्थी राजनितिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेरका पाण्डेले नेविसंघको नेतृत्व समेत गरिसकेका छन्। पाण्डेले नेविसंघ बाजुरा अध्यक्ष, सेती अञ्चल केन्द्रीय सदस्य,पार्टीको केन्द्रीय सदस्य हुँदै हाल काँग्रेसको सहमहामन्त्रीमा कार्यरत नै रहेका छन्।

पार्टीको विभिन्न विभागमा समेत पाण्डेले काम गरिसकेका छन्। भने सहकारीमा देखिएका समस्याको समाधान गर्न उच्चस्तरीय संसदीय छानबिन समितिको सदस्य समेत रहदै आएका छन्।

त्यस्तै पाण्डेको जन्म बाजुरा जिल्लाको हिमाली गाउँपालिका साविकको रुगिन गाविसमा भएको थियो भने पाण्डे बाजुरा जिल्लाबाट नेपाली काँग्रेसका तर्फबाट उच्च तहको नेतामा पुग्ने एकमात्र नेता रहेका छन्। राष्ट्रिय राजनितिमा पनि पाण्डेको उत्तिकै प्रभाव रहदै आएको छ।

त्यस्तै दुर्गम जिल्ला बाजुराबाट राजनितिमा उदाएका पाण्डेले जिल्ला प्रदेश र केन्द्रमा आफ्नो छवि बनाउदै आएका छन्। राष्ट्रिय राजनितिमा प्रभाव राख्ने पाण्डे मन्त्रीमा नियुक्त भएपछि जिल्लामा नेता,कार्यकर्ता तथा शुभचिन्तकहरुले खुशीयाली मनाएका छन्।