समाजवादी मोर्चाद्वारा कार्यदल गठन,१५ दिनभित्र प्रतिवेदन बुझाउने

काठमाडौं। समाजवादी मोर्चाले १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्ताबेज पेस गर्न कार्यदल बनाएको छ।
पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल गठन गरिएको समाजवादी मोर्चाका सदस्य एवम् नेकपा प्रवक्ता ‘प्रकाण्ड’ सी ले जानकारी दिए।
प्रवक्ता प्रकाण्डले पत्रकारहरुसँग प्रतिक्रिया दिदै नेकपा मशाल लगायतका कम्युनिस्ट पार्टीलाई मोर्चामा सामेल गर्न पहल र वार्ता गर्ने निर्णय भएकाे जानकारी दिए।
त्यस्तै माेर्चालाइ थप सक्रिय बनाउदै समान विचार भएका कम्युनिस्ट पार्टीहरूलाइ एकताबद्ध गर्दै अगाडि बढ्ने निर्णय गरेकाे छ। र दस्तावेज पेस भएपछि ठाेस निर्णयमा पुग्ने माेर्चाकाे कार्ययाेजना रहेकाे बुझिएकाे छ।
