आज तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ। संसद सचिवालयका अुनसार आज महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो।
महिला समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ । बैठकमा राज्यको मूल प्रवाहमा मधेसी समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा आयोगले खेल्दै आएको भूमिकाका विषयमा छलफल गरिने सम्भावित कार्यसूची छ।
त्यस्तै, शिक्षा समितिमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिने सम्भावित कार्यसूची छ।
त्यसैगरी, सङ्घीयता सबलीकरण समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ। बैठकमा समितिको कार्य प्रभावकारिताको लागि उपसमिति गठनका विषयमा छलफल गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
