भरतपुरमा मतपत्र च्यातिएकोबारे मुख खोले प्रमुख निर्वाचन आयुक्त यादवले (भिडियो)

उनले विवरण प्राप्त भएपछि आयोगले अन्तिम निर्णय गर्ने जानकारी दिए । च्यातिएको मतपत्र सिलबन्दी गरिएको र विहीबार नै टोलीले विवरण पठाएपछि आयोगले ठोस निर्णय गर्ने उनको भनाई थियो
विवादपछि गठित छानबिन समितिले बुझाएको प्रतिवेदनपछि बुधबार मात्रै निर्वाचन आयोगले गणनाको क्रममा रहेका मतपत्र मध्ये च्यातिई नोक्सान भएका मतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृत, भरतपुर महानगरपालिका चितवनलाई लेखी पठाउने निर्णय गरेको छ ।