गजल/तिमी भन्छौ……………

तिमी भन्छौ नदि बग्छ किनार हेरिरहन्छ ।
अरे त्यो नदिले पनि त वारपार हेरिरहन्छ ।।
अभावै अभावको भारि बोकिरहेछ मेरो कर्णाली,
अहो ! दर्शक बनेर सिंहदरवार हेरिरहन्छ ।।
चोक चोकमा इज्जत लुटिरहेछन् नारिको,
कठै ! यो निष्ठुर शहर बजार हेरिरहन्छ ।।
विमानस्थल लास स्थलमा परिणत हुँदैछ,
क्या गज्जबसंग यो सरकार हेरिरहन्छ ।।
तिमीले त अधिकारबाट बन्चित गरिसक्यौ,
किन्तु ‘अभिलाषी’ तिम्रै अनुहार हेरिरहन्छ ।।