गजल/ एक्कैछिन यादको…………

मौसमजी भण्डारी, बिरेन्द्रनगर-१० सुर्खेत

एक्कैछिन यादको हुरी चलायर जान्छेउ !
अनायासै दिलको दुरी बढायर जान्छेउ !!

 

हिजो जस्तै बेचैनी बढ्दै जान्छ आजपनी
मलाइ तिम्रो जरुरि बनाएर जान्छेउ !

 

फेरी पनि मिलनको रात हुन्छ हाम्रो भन्दै
यो फकिरलाई मन्जुरी गराएर जान्छेउ !

 

लालीजस्तै पोतिएर केहीपल अधरमा
नजरबाटै च्याखुरी हराएर जान्छेउ !

 

छोडेर ‘भण्डारी’लार्इ कल्पनाको भुमरीमा
सम्मोहनको अग्लो धुरी चढाएर जान्छेउ !