गजल/ जिन्दगीमा तिमीलाई ……………..
दीपक अभिलाषी

जिन्दगीमा तिमीलाई अंगाली दिन ।
बरु सक्छु सिउँदोमा सिन्दुर हाली दिन ।।
भ्रष्ट नेताको बकवास भाषणलाई
म असक्त छु सक्दिन ताली दिन ।
क्षितिज पारीबाट प्रस्ताव आएको छ
मेरो बगैचाका फुलहरू दिन डाली दिन ।
पूर्खेउली सम्पत्ति हो रे र त अरूहरूलाई
हजुरबाले मान्नुहुन्न कुटो कोदाली दिन ।
मेरी प्रिया भन के के माग्छौ तिमी म संग
वस् माग्यौ भने सक्दिन मेरो कर्णाली दिन ।