गजल/ मलाई देशको कुराले बहुत……
नविन बुढा ‘फगत’, वाइ-४, बाजुरा हाल- काठमाडौ

जसरी साँझ हुनु पहिला बिहान हुन्छ ।
हरेक मान्छेसंग एउटा बचपन हन्छ ।।
मेरो सामु आएर तिमी यसरी भन्दै नभन
मलाई देशको कुराले बहुत ऐठन हन्छ ।
अरुको कुरा काट्नु अगाडि यसो सोच्नु
यहाँ हरेक भित्ताहरुको पनि कान हुन्छ ।
दुनियाँ देखेर तीनछक पर्छु कहिलेकाहीँ
मान्छे भन्दा बढि पत्थरको सम्मान हुन्छ ।
कसैलाई दिलमा राखेछ अनि मलाई भन्यो
अब जिन्दगी चलाउन केहि आसन हुन्छ ।