आमा भन्नुहुन्छ बाबू कर्णाली बेचिएला !

वृद्धाश्रममा बा’को प्रणाली बेचिएला !
आमा भन्नुहुन्छ बाबू कर्णाली बेचिएला !!
खाँचो छ बरू, गजलकारलार्इ खाँचो छ
अनावश्यक ति नेतालाइ ताली बेचिएला !
सम्झि राख, जानी राख ए देशका रक्षक हाे,
कतै गण्डकी बेचिएला, काली बेचिएला !
मस्त छन् फुलहरु अनि भमरा डुलिरहेछन्
याद राख्नु बगैँचा, स्वयम् मालि बेचिएला !