आज विमोचन हुँदै झल्का रया बुका

 सुमधुर स्वरकी धनि मुगुकि गायिका इरानी सुन्दरी भामको पहिलो देउडा गिति एल्वम ‘झल्का रया बुका’ आज विमोचन हुँदैछ । एल्वम विमाेचन कार्यक्रम नेपाल सांस्कृतिक संस्थान, जमलमा आज दिउँसो ४ः३० बजे सुरु हुने आयोजक संस्था नाइट ब्यान्डका निरज शाक्यले बताए ।

 

बाल्यकाल देखि गायनमा सँधै पहिलो हुने गायिका इरानीको यस अघि ‘मनमा शान्ति छाउँदै छाउँदैन’ नामको पहिलो गिति एल्वम बजारमा आएको थियो । विभिन्न स्टेज कार्यक्रममा सयौं गित गाएर चर्चा परिचर्चा कमाएकी इरानीको बहुप्रतिक्षित पहिलो देउडा गिति एल्वम ‘झल्का रया बुका’को भिडियो यस अघि नै सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
‘झल्का रया बुका’ एल्वममा ९ ओटा गित समावेश रहेको र अन्य ८ ओटा गित पनि मौलिक भाका भएको नाइट ब्यान्डले जनाएको छ । नाइट ब्यान्डले विगत १० बर्ष देखि नेपालका विभिन्न ठाउँमा पुगेर लोप हुँदै गएको नेपाली लोकसंस्कृति र लोक बाजाका क्षेत्रमा अध्ययन गरिरहेको र पुरानो संस्कृतिको सम्वर्धन तथा प्रवद्र्धन गरेको नाइट ब्यान्डका शाक्यले जानकारी दिए ।